२८ जेठ २०८३, बिहीबार

पर्सामा २ सय ८३ किलो गाँजा र ५ किलो चरेश बरामद

पर्सामा २ सय ८३ किलो गाँजा र ५ किलो चरेश बरामद

काठमाडौं – प्रहरीले पर्साबाट शुक्रवार अवैध लागूऔषध गाँजा २ सय ८३ किलो र चरेश ५ किलो बरामद गरेको छ ।

प्रहरीले पटेर्वा सुगौली गाउँपालिका–५ देउरियाका फुसन माझीको घरबाट लुकाइछिपाई राखेको अवस्थामा १५ किलो गाँजा र ५ किलो चरेश फेला पारेको हो ।

फुसनको घरको १५ सय मिटर टाढा नालामा लुकाई राखेको अवस्थामा ६८ किलो गाँजा फेला पारेको प्रहरी जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्