२३ असार २०८३, मंगलबार

राप्रपाले ओली सरकारसँग दोस्रो चरणको वार्ता गर्ने

राप्रपाले ओली सरकारसँग दोस्रो चरणको वार्ता गर्ने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग भएको वार्तालाई सकारात्मक रुपमा लिँदै दोस्रो चरणको वार्ता गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको विशेष बैठकले दोस्रो चरणको वार्ताका लागि तयारी गर्न वार्ता समितिलाई निर्देशन दिएको छ ।

प्रवक्ता भुवन पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, ‘पार्टी र नेपाल सरकार बीचको वार्ताको सम्बन्धमा पार्टीका वरिष्ठ नेता दिपक बोहराले बैठकलाई जानकारी गराउनुभयो । बैठकले नेपाल सरकारसँग जारी वार्तालाई सकारात्मक रुपमा लिँदै यथाशीघ्र दोस्रो चरणको वार्ता प्रारम्भ गर्न वार्ता समितिलाई निर्देशन दिएको छ ।’

बैठकले जनसंघर्षको पहिलो चरणको समीक्षा र दोस्रो चरणको तयारीका सम्बन्धमा संयोजक तथा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरिएको जनाइएको छ ।

बैठकले संगठन सुदृढीकरण र सदस्यता वितरण कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन सबै तहका समितिलाई निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्