२२ जेठ २०८३, शुक्रबार

६ वर्षीया बालिकालाई बचाउन सहयोगको अपिल

६ वर्षीया बालिकालाई बचाउन सहयोगको अपिल

कपिलवस्तु – कपिलवस्तुको तौलिहवाकी ६ वर्षीया ग्रीष्मा खनालको बोनम्यारो ट्रान्सप्लान्टका लागि उनका आमाबुवाले सहयोगको अपिल गरेका छन् ।

हाल तौलिहवा बस्ने कपिलवस्तु बुद्धभूमि नगरपालिका– ३ टाँकु निवासी शोभाखर खनालका छोरा बुहारी श्रीधर खनाल र रेखा अधिकारीकी ६ वर्षीया छोरी ग्रीष्मा खनाललाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपरेको हो ।

जन्मेको ३ महिनादेखि नै आफ्नो शरीरमा रगत नबन्दा अरूको रगतको सहारामा बाँचेकी ग्रीष्मालाई हरेक महिना एक पाउण्ड रगत दिने गरिएको छ ।

नेपालसहित भारतका विभिन्न अस्पतालमा उनको उपचारका क्रममा डाक्टरहरूले बोनम्यारो ट्रान्सप्लान्ट गरेमा मात्र ठीक हुने भनेकाले उपचारमा करीब ५० लाख खर्च लाग्ने डाक्टरहरूले बताएका छन् ।

५० लाख खर्च गर्ने आर्थिक अवस्था नभएकाले ग्रीष्माका आमाबुवाले उनलाई बचाउन सबैसँग सहयोगको अपिल गरेका छन् ।

सहयोगका लागि यस फोन नम्बरमा सम्पर्क गर्न या निम्न बैंक खातामा रकम जम्मा गरिदिनुहुन सकिने परिवारका सदस्यले जनाएका छन् ।

सम्पर्क फोन : ९८४५१०८७२७ (श्रीधर खनाल), ९८४७२४४५३४ (रेखा अधिकारी)

रकम सहयोगको खाता विवरण :
रेखा अधिकारी

एभरेष्ट बैंक : ०३८००५१७२०१९८४ ( तौलिहवा शाखा)  
 
                  
 

salt training

कमेन्ट गर्नुहोस्