
काठमाडौँ -परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लामो समयदेख थुप्रिएको फोहर फालेपछि देश सफा हुने बताएका छन् । शुक्रवार २६औँ मदन–आश्रति स्मृत दिवस तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकताको एक वर्षको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो समयदेखिको अस्तव्यस्ततालाई मिलाउन, नयाँ संविधान कार्यान्वयन गराउन र तीन तहका सरकार सञ्चालनका लागि आधार तयार पार्देमा सरकारका १५ महिना सकिएको बताए ।
सरकारको स्वस्थ आलोचना गर्न पत्रकार, बुद्धिजीवीलाई आग्रह गर्दै उनले अलोचनाको नाममा देशमा केही हुँदैन भन्ने निराशा नफैलाउन अनुरोध गरे । उनले प्रतिपक्षी संसदभित्र मात्र भएकाले गरीबी, जातीय छुवाछुत र महिला हिंसा अन्त्य गर्ने कुरामा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
विसं २००६ मा पार्टी स्थापना गर्दा नागरिक अधकिार कायम गर्न पहिलो पर्चा निकालेर शुरू भएको नेकपाको इतहिास अहिले अधनिायकवादी हुनै नसक्ने उल्लेख गर्दै मन्त्री ज्ञावालीले गणतन्त्र उल्टाउन खोज्नेमात्र नेकपाको प्रमुख शत्रु भएकोले त्यस्तासँग लड्ने बताए ।
तत्कालीन नेकपा एमालेका महासचवि मदन भण्डारीको विश्व कम्युनिस्टलाई दिएको मार्ग दर्शन पछ्याएर जनताको बहुदलीय जनवाद अन्तर्गत मौलिक विशेषता सहतिको समाजवाद अन्तिम लक्ष्य रहेकाले सबै पार्टी कार्यकर्तालाई जनताको जनवादका लागि लाग्न पनि आग्रह गरे ।