२९ जेठ २०८३, शुक्रबार

इरानले माग्यो रुस र चीनसँग सहयोग, अमेरिकासँगको तनावले खतरनाक’ परिस्थिति निम्त्याउने चेतावनी

जेठ ३, २०७६
इरानले माग्यो रुस र चीनसँग सहयोग, अमेरिकासँगको तनावले खतरनाक’ परिस्थिति निम्त्याउने चेतावनी

इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौतालाई सुरक्षित गर्न चीन र रूसको तर्फबाट ‘ठोस पहल’ गर्न आवश्यक रहेको इरानी विदेशमन्त्री मोहम्मद जावेद जरीफले शुक्रबार बताएका छन् । 

उनले अमेरिका र इरानबीचको बढ्दो तनावले ‘खतरनाक’ परिस्थिति निम्त्याउन सक्ने चेतावनी पनि दिए । 

इरानबाट सुरक्षा खतरा भएको दावी गर्दै अमेरिकाले गत हप्ता खाडी क्षेत्रमा अमेरिकी वमबर्षक विमान बी–५२ तैनाद गरेपछि अमेरिका र इरानबीचको तनावले थप चर्को रूप लिएको हो ।

बेइजिङ भ्रमणका क्रममा इरानी विदेशमन्त्री जरीफले आफूले चिनियाँ अधिकारीसँग “द्विपक्षीय सम्बन्ध तथा मध्यपूर्व क्षेत्रमा अहिले देखिएका ‘निकै खतरनाक बिषय’ बारे वार्ता गर्ने” बताएको इरानी विदेश मन्त्रालयको वेवसाइटमा उल्लेख गरिएको थियो ।

रणनीतिक हिसाबले विश्वकै महत्वपूर्ण जलमार्ग मध्यपूर्वमा इरानले साना तथा परम्परागत डुङ्गाहरूमा इरानले क्षेप्यास्त्रलाई तयारी अवस्थामा राखेको तस्वीर भेटिएको जनाउँदै वासिङ्टनले खाडी क्षेत्रमा धेरै सैन्य समूह तैनाद गरेको समाचारमा जनाइएको छ । 

अमेरिकी विदेश विभागले गत बुधबार इराकस्थित आफ्नो राजदूतावास तथा महाबाणिज्य दूतावासमा इरानी निर्देशनमा शिया लडाकूले आक्रमण गर्नसक्ने भन्दै कार्यालय खाली गरी धेरैजसो अधिकारीलाई अन्यत्र लग्न निर्देशन दिएको थियो ।

 इरानले बिहीबार अमेरिकासँग वार्ता नगर्ने बताएको थियो तर उसले आफ्नो पक्षबाट ‘अधिकतम लचकता’ देखाएको बताएको थियो ।

मध्यपूर्वमा बढ्दो तनावबीच इरानी विदेशमन्त्री जरीफले अन्तर्राष्ट्रिय समुदायसँग ‘जोइन्ट कम्प्रेहेन्सिभ प्लान अफ एक्सन–२०१५’ नामक आणविक सम्झौतालाई जोगाउन आग्रह गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्