२१ जेठ २०८३, बिहीबार

प्रहरी नायव उपरीक्षकविरुद्ध मुद्दा दायर, २८ वर्षपछि समातिए अभियुक्त

प्रहरी नायव उपरीक्षकविरुद्ध मुद्दा दायर, २८ वर्षपछि समातिए अभियुक्त

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब उपरीक्षक बाबुराम अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
 
    अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भनी परेको उजुरीमाथि छानबिन गर्दा प्रविणता प्रमाणपत्र तहको शैक्षिक योग्यता नक्कली रहेको पाइएको आयोगले जनाएको छ । आरोपी अधिकारीलाई कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 
 
    यस्तै आयोगले मालपोत कार्यालय रूपन्देहीका तामेली शाखामा कार्यरत कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

एक सेवाग्राहीले निवेदनमार्फत सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग गरेकामा सोसम्बन्धी मिसिल खोजी प्रतिलिपि उपलब्ध गराउने प्रयोजनमा कार्यालय सहयोगी चौधरीले रु २० हजार घुस  लिएको आरोप लागेको छ ।
 
    त्यस्तै आयोगले जिल्ला मालपोत कार्यालय, सिमराका कार्यालय प्रमुख मदनप्रसाद गुप्ता र लेखापाल युगलकिशोर ठाकुरसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सरकारी राजश्व हिनामिना गरेको अभियोगमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो ।

 सरकारी खातामा जम्मा गर्नुपर्ने रु चार करोड ५८ लाख ७१ हजार २० दाखिला नगरी व्यक्तिगत खातामा राखेको र सो कार्यमा कार्यालय प्रमुख गुप्ता, लेखापाल ठाकुर र नायब सुब्बा शत्रुधन राउतको मिलीभगत देखिएको आयोगले जनाएको छ ।  

यसैबीच रुकुममा  एक फरार प्रतिवादी २८ वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रुकुमले विसं २०४८ वैशाख ९ गते नौ वर्ष सात महीना सात दिन कैद सजाय सुनाएका ६० वर्षीय मनवीर कामीलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको हो । 

सानीभेरी गाउँपालिका–४ गरायलाका कामीलाई आठबीसकोट नगरपालिका–१४ घेत्मामा परिचय लुकाइ बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्