
काठमाडौं– शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहीबार तोलामा ६० हजार ७०० मा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार तोलामा ६० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन ५९ हजार ९०० मा कारोबार भएको छ । चाँदी तोलामा रु ७१५ मा कारोबार भयो । चाँदी बिहीबारको तुलनामा रु १० ले घटेको महासंघले जनाएको छ ।