
काठमाडौं – टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र सिप्रदी ट्रेडिङको आधिकारिक बिक्रेता दीप मोटर्स प्रालिको सहकार्यमा गत वर्षझै यस वर्ष पनि देशका विभिन्न स्थानमा गर्दै आएको कार मेला जेठ ४ र ५ गते पर्यटकीय तथा रमणीय शहर पोखरामा आयोजना गरिएको छ ।
बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन भइरहेको कार मेला सिप्रदी ट्रेडिङको कार्यालय बुद्धचोक पोखरामा आयोजना गरिएको जनाइएको छ ।
मेलामा ग्राहकले एकै स्थानबाट विभिन्न गाडी किनबेचको सुविधा प्राप्त गर्न सक्नेछन् । मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडी एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडीसँग साट्न सक्नेछन् ।
मेलामा ग्राहकले ‘अन द स्पट फाइनान्सिङ’का साथै पुरानो गाडीको उत्कृष्ट मूल्यांकन र ‘एक्सचेन्ज लायालिटी बोनस’जस्ता सेवासुविधा पाउने आयोजकले जनाएको छ ।
पर्यटकीय तथा रमणीय शहर पोखरामा यो दोस्रो संस्करण रहेको छ । मेला आइतवारसम्म चल्ने छ ।