३२ असार २०८३, बिहीबार

जंगली हात्तीले किच्दा ७० वर्षीया वृद्धाको मृत्यु

जंगली हात्तीले किच्दा ७० वर्षीया वृद्धाको मृत्यु
सन्दर्भ तस्वीर

सिरहा- जंगली हात्तीको आक्रमणबाट सिरहाको गोलबजार नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ ।

चुरे जंगलबाट आएको हात्तीले किच्दा गएराति गोलबजार–१० धर्मपुर गैरीटोलकी ७० वर्षीया वुद्धमाया मगरको मृत्यु भएको हो । 

छिमेकीको घरबाट टीभी हेरेर सुत्न घर फर्किरहेका बेला एक्कासी अगाडि परेको हात्तीले किच्दा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक नवीन घिमिरेले जानकारी दिए । हात्तीले गोलबजार–१ मुक्सारमा दुईवटा घरसमेत भत्काएको प्रहरीले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्