२५ जेठ २०८३, सोमबार

वैज्ञानिकहरूले परिवर्तन गरे बिरुवाको जिन, क्यान्सर गर्ने हावालाई पार्छ शुद्ध

जेठ ४, २०७६
वैज्ञानिकहरूले परिवर्तन गरे बिरुवाको जिन, क्यान्सर गर्ने हावालाई पार्छ शुद्ध

 
काठमाडौं — अमेरिकास्थित वाशिङटन विश्वविद्यालयका वैज्ञानिकहरूले पटहोस आइभी नामक बिरुवाको हावा सफा गर्ने क्षमतालाई बढाएका छन् । 

जिन सम्पादन प्रक्रियाको सहायताले उनीहरूले क्षमता बढाएका हुन् । वैज्ञानिकहरूले खरायोको जिनलाई बिरुवाको जिनमा मिसाएर परिवर्तन गरेका हुन् । 

जेनेटिकल्ली मोडिफाइड बिरुवा बेनजिन र क्लोरोफर्म जस्ता क्यान्सर फैलाउने तत्त्व हटाउन सहायता गर्छ । 

इन्भायरनमेन्ट साइन्स एन्ड टेक्नालोजी म्यागजिनमा छापिएको रिपोर्टअनुसार, परिवर्तनपछि बिरुवाले हावाबाट क्लोरोफर्म र बेनजिन जस्ता हानिकारक तत्त्व हटायो र ती हानिकारक तत्त्वलाई २ई१ नामक प्रोटीनमा परिणत गरिदियो ।

त्यो प्रोटीनले बिरुवको विकासमा सहायता गर्छ । अनुसन्धानकर्ताहरूले पटहोस आइभी फरक फरक भित्री वातावरणमा राम्ररी हुर्किन सक्ने भएकाले परीक्षणका लागि छानेको बताए । 

अनुसन्धानका क्रममा अनुसन्धानकर्ताहरूले मोडिफाइड पटहोस आइभीसँग परिवर्तन नगरिएको बिरुवा लिए । दुवैलाई फरक फरक ग्लास ट्युबमा राखियो । अनि त्यसमा क्यान्सको कारण मानिने बेनजिन र क्लोरोफर्म हाले । 

मोडिफाइड बिरुवाले क्लोरोफर्मको मात्रालाई तीन दिनमा ८२ प्रतिशत र बेनजिनको मात्रालाई आठ दिनमा ७५ प्रतिशतसम्म कम गरेको थियो । सामान्य बिरुवामा चाहिँ दुवै रसायनको स्तरमा परिवर्तन भएन । 

वैज्ञानिक स्टुअर्ट स्ट्य्रान्डका अनुसार, अहिले मानिसलाई यी खतरनाक कम्पाउन्डको हानिकारक असरका बारेमा थाहा छैन । तर हामीले यी प्रदूषकलाई हटाउन सक्ने बिरुवा तयार पारेका छौं । 

अनुसन्धानकर्ताहरूले भविष्यमा भवनमा निर्माण गर्दा प्रयोग गरिने रसायन फर्मलडिहाइड नाश गर्नका लागि बिरुवामा एउटा प्रोटीन मिसाउन चाहन्छन् । त्यसले हावालाई प्रदूषणमुक्त बनाउन सक्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्