२६ जेठ २०८३, मंगलबार

स्थानीयद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी

स्थानीयद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी
सन्दर्भ तस्वीर

तनहुँ- नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आइतवार बिहान तालाबन्दी गरेका छन् । 

छनोट प्रक्रिया विपरीत अयोग्य उम्मेदवारलाई उत्तीर्ण गराएको भन्दै उनीहरूले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

यसै विषयलाई लिएर शुक्रवार समेत कार्यालयमा तालाबन्दी गरेका स्थानीयले पुनः आज बिहान तालाबन्दी गरेका छन् । स्थानीयले लगाएको ताला प्रहरीले शुक्रवार बल प्रयोग गरेर खुलाएको थियो । 

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विधि र प्रक्रिया पुर्‍याएरै नगर प्रहरी छनोट गरिएको बताए । परीक्षामा नाम ननिस्किएपछि धाँधली भयो भन्नु गलत रहेको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्