
काठमाडौं– लमजुङ केन्द्रबिन्दु भएर मंगलबार मध्यराती भूकम्पको धक्का गएको छ । राती ११ बजेर ४७ मिनेट जाँदा ४.१ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बेसीशहर आसपास केन्द्रबिन्दु भएको भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुश भएको थियो ।