२६ असार २०८३, शुक्रबार

प्रहरीले गर्‍यो चोरीका मोटरसाइकल बरामद

प्रहरीले गर्‍यो चोरीका मोटरसाइकल बरामद

बेत्रावती – नगर प्रहरी चौकी कोलनीले पछिल्लो ३ महिनामा ९ थान चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

जिल्लाको विभिन्न स्थान र काठमाडौंबाट हराएका ९ थान मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई बुझाएको नगर प्रहरी चौकीका इन्चार्ज (प्रहरी सहायक निरीक्षक) राजु लामिछानेले बताए ।

उनका अनुसार ८ थान मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको छ भने १ थान धनी यकिन हुन नसक्दा प्रहरी चौकीमा थन्किएको छ ।

प्रहरी कार्यालयले नियन्त्रणमा लिएका मोटरसाइकल अधिकांश काठमाडौंबाट र केही जिल्लाको शहरी क्षेत्रबाट चोरी भएका छन् ।

चोरीको मोटरसाइकलसहित संलग्न रहेको आशंकामा २ व्यक्तिसमेत पक्राउ गरिएको प्रहरी इन्चार्ज लामिछानेले जानकारी दिए । ती व्यक्ति चोरी भएको मोटरसाइकलमा सवार रहेको अवस्थामा समातिएका थिए ।

‘चोरीको मोटरसाइकलको अधिकांशका सवारी नम्बर र रङ परिवर्तन गरेर चलाउने गरेको अवस्थामा बरामद गरिएको छ,’ उनले भने, ‘सम्बन्धित धनी र स्थानीयवासीले सहयोग पुर्‍याएमा चोरी नियन्त्रण र अपराधमा न्यूनीकरण सफलता मिल्ने छ ।’ 

सीमा जोडिएको र ग्रामीण क्षेत्रमा लुकीछिपी चलाउन सहज हुने हँुदा काठमाडौंमा हराएका धेरै मोटरसाइकलको गन्तव्य नुवाकोट हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । केही समयअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जिल्लाका सुरक्षाकर्मीको सहयोगमा सञ्चालन गरेको तीन दिनसम्म ‘सर्च अपरेसन’मा १८ थान चोरीको मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्