२४ असार २०८३, बुधबार

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु
प्रतिकात्मक तस्वीर

राजापुर – बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ ।

गुलरिया नगरपालिका–१ खैरापुर बस्ने प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे८प ७८९ नम्बरको मोटरसाइकल गुलरिया नगरपालिका–३ स्थित निमकोठियामा रोकिराखेको ट्रलीमा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

मंगलवार राति ११ बजे दुर्घटना भएको थियो । उपचारका क्रममा  उनको नेपालगञ्ज मेडिकल कलेजमा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी बिट कालीमाटीमा कार्यरत प्रहरी जवान यादव भाइको विवाहका लागि छुट्टीमा आएका थिए । उनी गुलरिया नगरपालिका–४ तुल्सीपुर विवाहघरदेखि घरतर्फ फर्किरहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्