
काठमाडौं – अहिले भारतमा प्रचण्ड गर्मी छ । गर्मीबाट बच्नका लागि मानिसहरू अनेक किसिमका उपाय रचिरहेका भेटिन्छन् ।
अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको एक तस्वीरमा अहमदाबादकी एक महिलाले गर्मीबाट कारलाई बचाउन गोबर दलेकी छन् । कोरोला आल्टिस कारमा उनले गोबर पोतेकी हुन् ।
रूपेश दास नामक व्यक्तिले फेसबूकमा पोस्ट गर्दै लेखे, ‘४५ डिग्रीमा आफ्नो कार बचाउनका लागि सेजल शाहले गोबर पोतेकी हुन् ।’
त्यसो त गाउँका घरमा गोबर पोत्ने चलन अझै छ । गोबर पोत्दा गर्मीमा शीतल हुन्छ अनि जाडोमा तातो हुन्छ । गोबर प्राकृतिक कीटाणुनाशक पनि हो र यसले लामखुट्टेलाई पनि भगाउँछ ।
एजेन्सी