१२ असार २०८३, शुक्रबार

संसदीय दलका उपनेता नेम्वाङलाई महासंघको ध्यानाकर्षणपत्र

संसदीय दलका उपनेता नेम्वाङलाई महासंघको ध्यानाकर्षणपत्र

काठमाडौं- सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक सच्याउन माग राख्दै आन्दोलन गरिरहेको नेपाल पत्रकार महासंघले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको छ ।

बुधवार महासंघले नेकपा संसदीय दलका उपनेता नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएको हो । 

नेपाल पत्रकार महासंघले नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा अध्यक्ष गोविन्द आचार्यको टोलीले बुझाएको ध्यानाकर्षण पत्रमा सरकारले ल्याउन लागेको मिडिया विधेयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने लगायतका विषय समावेश छन् । 

महासंघ टोलीको पत्र बुझ्दै नेम्वाङले आफ्नो ध्यानाकर्षण भएको बताए । 

टोलीमा महासंघका अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष विपुल पोख्रेल लगायत उपस्थित थिए । 

salt training

कमेन्ट गर्नुहोस्