१२ असार २०८३, शुक्रबार

कर्मचारीमाथि हातपात भएपछि नगरपालिको काम ठप्प

कर्मचारीमाथि हातपात भएपछि नगरपालिको काम ठप्प

सिरहा- सहकर्मीमाथि हातपात भएको विरोधमा सिरहाको कल्याणपुर नगरपालिकाका कर्मचारीले बुधवार बिहानदेखि कार्यालयको कामकाज ठप्प पारेका छन् ।

कार्यकक्षमै काम गरिरहेका बेला मंगलवार नगरपालिकाका ओभरसियर छेदिकुमार साफीलाई वडा नं ७ रमपुरा भेडियाका दीपेन्द्र यादवसहित आएको समूहले हातपात गरेको भन्दै कर्मचारीले कामकाज ठप्प पारेका हुन् । 

ओभरसियर साफीमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने मागसहित कर्मचारीले कामकाम ठप्प पर्दा सर्वसाधारण मारमा परेका छन् । गत भदौ–असोजमै वडा नं ७ स्थित आधारभूत विद्यालय रम्पुरा भेडियाको प्राङ्गणमा माटो पुरेको मूल्याङ्कन गरिदिन भन्दै आएका यादवसँग कामको सम्झौता र कार्यादेश ल्याउन भनेपछि यादवसँगै आएका एक जनाले आफूमाथि हातपात गरेको ओभरसेयर साफीले जानकारी दिए । 

नगर प्रमुख सूर्यनाथ मण्डलले कर्मचारीमाथि भएको हातपातप्रति दुःख व्यक्त गर्दै समस्या समाधानको पहल भइरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्