०९ असार २०८३, मंगलबार

जापानका प्रधानमन्त्रीको अनुरोध – हाम्रो नाम शुद्धसँग भन्नुस्

जापानका प्रधानमन्त्रीको अनुरोध – हाम्रो नाम शुद्धसँग भन्नुस्

काठमाडौं – जापानले समग्र विश्वलाई नम्र निवेदन गरेको छ : हाम्रो नाम शुद्धसँग भन्नुस् ।

जापानी भाषामा मानिसहरूलाई पहिला थर अनि नामले बोलाइन्छ । चिनियाँ र कोरियाली भाषामा पनि यही कुरा लागू हुन्छ । 

तर लगभग डेढ सय वर्षदेखि जापानी नामहरू उल्टो तरिकाले लेखिने गरेको छ । नामपछि थर राखिने गरेको छ । 

यो अभ्यास मेइजी युगमा शुरू गरिएको थियो । त्यतिखेर जापानले अन्तर्राष्ट्रिय अभ्यास सोलोडोलो रूपमा अपनाएको थियो र अहिले त्यही नै मानक बनेको छ । 

यो महिनाबाट जापान रेइवा युगमा प्रवेश गरेपछि जापानी सरकारले यस विषयलाई सदाका लागि सेटल गर्न खोजेको छ । 

मंगलवार पत्रकारहरूसँग कुराकानी गर्दै जापानका परराष्ट्रमन्त्री तारो कोनोले प्रधानमन्त्रीको नाम आबे शिन्जो लेखिने आशा गरेको बताए । चिनियाँ राष्ट्रपतिको पहिला थर शी अनि नाम चिनफिङ र दक्षिण कोरियाका राष्ट्रपतिको पहिला थर मून अनि नाम जे–इन लेखिएजस्तो गर्न उनको आग्रह छ । 

‘म अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई एउटा अनुरोध पठाउने योजना बनाइरहेको छु,’ कोनोले भने । जापानको अंग्रेजीभाषी मिडियाले पनि यसलाई अनुसरण गर्ने उनको आशा छ । 

राष्ट्रिय भाषा परिषद्ले २० वर्षअघि जारी गरेको एक प्रतिवेदनलाई पनि उनले सन्दर्भ बनाए । प्रतिवेदनमा अंग्रेजी भाषामा जापानी फर्म्याट ग्रहण गर्न आग्रह गरिएको थियो । तर कसैले पनि त्यसलाई ग्रहण गरेनन् र पहिला नाम अनि थर लेखिरहे । तर नयाँ युग शुरू भएपछि यसमा परिवर्तन आउने आशा गरिएको छ ।

सीएनएनबाट
 

salt training

कमेन्ट गर्नुहोस्