काठमाडौं- काठमाडौंको जोरपाटीस्थित भीमेश्वर सुनचाँदी पसलबाट अज्ञात समूहले पैसा लुटेर फरार भएका छन् ।
बुधवार दिउँसो ग्राहक बनेर आएका चार जनाको समूहले पसलको सटर लगाएर ८० हजार रुपैयाँ लुटेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
चोरीमा कसको संलग्नता रहेको छ भन्ने विषयमा प्रहरीले सीसीटीभी क्यामेराको फुटेजबाट अनुसन्धान भइरहेको जनाएको छ ।