२६ असार २०८३, शुक्रबार

भाजपा अध्यक्ष अमित शाह ८० हजार भोटका साथ अग्रस्थानमा

भाजपा अध्यक्ष अमित शाह ८० हजार भोटका साथ अग्रस्थानमा

काठमाडौं – भारतको गुजरातस्थित गान्धीनगर सीटबाट उठेका भाजपा अध्यक्ष अमित शाह प्रारम्भिक रुझानमा ८० हजार भोटका साथ अगाडि छन् । 

भारतीय राजनीतिका आधुनिक चाणक्य मानिने शाहका विरुद्ध कांग्रेसले डा. सीजे चावडालाई उतारेको छ । अमित शाह पहिलोपटक लोकसभा चुनाव लडेका हुन् ।

त्यसो त गान्धीनगर सीट भाजपाका लागि अभेद्य किल्ला हो । उक्त सीटमा लालकृष्ण आडवाणी उक्त सीटमा लड्थे । महात्मा गान्धीको कर्मभूमि रहेको गान्धीनगर सीट भाजपाका लागि सधैं विजयभूमि रहेको छ । 

गान्धीनगर सीटमा सन् १९६७ मा पहिलोपटक चुनाव हुँदा कांग्रेसले जीत हासिल गरेको थियो । सन् १९८९ देखि चाहिँ भाजपाले लगातार जितिरहेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्