१३ असार २०८३, शनिबार

कांग्रेस नेता सचिन चौधरीको अनौठो बयान – भाजपाले चुनाव जितेमा पाँच वर्ष कपाल पाल्दिनँ

कांग्रेस नेता सचिन चौधरीको अनौठो बयान – भाजपाले चुनाव जितेमा पाँच वर्ष कपाल पाल्दिनँ

काठमाडौं – उत्तर प्रदेशको अमरोहा लोकसभा सीटमा कांग्रेस पार्टीबाट उठेका सचिन चौधरीले आफ्नो संसदीय क्षेत्रमा भाजपाले जितेमा आगामी पाँच वर्षसम्म कपाल नपाल्ने बताएका छन् ।

उनले भाजपा उम्मेदवारविरुद्ध गम्भीर आरोप लगाए र भाजपाको समर्थनमा एक्जिट पोल देखाउने सबै च्यानललाई मोदीले किनेको बताए । 

भाजपाले २०० सीट पनि नकटाउने उनले बताए । भाजपा हताश भएका कारण एक्जिट पोल आफ्नो पक्षमा देखाउनका लागि सेटिङ गरेको बताए । एक्जिट पोलमार्फत साना दललाई आफूसँग जोड्ने भाजपाको दाउ रहेको उनले बताए । 

उनले भने, ‘अमरोहा सीटबाट भाजपा उम्मेदवार कँवर सिंह तँवर जिते भने म टाउको मुण्ड्याउँछु र पाँच वर्षसम्म कपालै पाल्दिनँ । एक्जिट पोल झूटो छ र हल्ला मात्र हो ।’

तर मतगणनाको आरम्भिक रुझानमा भाजपाले जित्ने नै लक्षण देखिएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्