१५ असार २०८३, सोमबार

यस्तो छ मोदीको अहिलेसम्मकै 'हिट' ट्वीट

यस्तो छ मोदीको अहिलेसम्मकै 'हिट' ट्वीट

एजेन्सी- लोकसभा निर्वाचन २०१९ को मतगणना धमाधम भइरहेको छ । प्राय: राज्यमा भारतीय जनता पार्टी (भाजपा)ले अग्रता लिइरहेको छ ।

एक्जिट पोलअनुसार नै भारतमा मोदी हाबी भइरहेका छन् । यतिबेला पुन: विश्वको ध्यान नरेन्द्र मोदीमाथि खिचिएको छ ।

अब कुरा गरौं मोदीको ट्वीटको । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा ट्वीट इतिहास बनेको छ । उनको उक्त ट्वीट एक लाखभन्दा बढी पटक रिट्वीट गरिएको छ भने करीब ८५ हजार मानिसले लाइक गरेका छन् ।

१६ मे २०१४ मा नरेन्द्र मोदीको अगुवाइमा बीजेपीले जीत हासिल गरेको थियो, त्यसबेला उनले दिउँसो १२ बजे एक ट्वीट गरेका थिए । जुन इतिहास बन्यो । उनले ट्वीटमा लेखेका थिए, 'भारतको विजय, राम्रो दिन आउँदैछ ।'

सामाजिक सञ्जाल प्रयोगकर्ताले मोदीको ट्वीट कुरिरहेका छन् । 

उनले आफ्नो विजय निश्चित भएपछि ट्वीट गर्न सक्नेछन् । भारतीय मिडियाले त मोदीको विजय 'पक्का' भनिसकेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्