०५ असार २०८३, शुक्रबार

ट्रिपरको ठक्करबाट बस्नेतको ज्यान गयो

ट्रिपरको ठक्करबाट बस्नेतको ज्यान गयो
फाइल फोटो

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी भित्री सडकखण्डमा ट्रिपरको ठक्करबाट बिहीवार दिउँसो एक जनाको मृत्यु भएको छ ।

बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१ख ४३५५ नंको ट्रिपरले विपरीत दिशाबाट जाँदै गरेको को५प ५५०० नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक केराबारी गाउँपालिका–९ का ४८ वर्षीय बमबहादुर बस्नेतको मृत्यु भएको हो । 

ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार टिपर र त्यसका चालक धनुषाका ३१ वर्षीय राजकुमार मगरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरू गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्