१४ असार २०८३, आइतबार

काठमाडौंमै ट्रिप्परले लियो एक जनाको ज्यान

काठमाडौंमै ट्रिप्परले लियो एक जनाको ज्यान
सांकेतिक तस्वीर

काठमाडौं– काठमाडौं तारकेश्वर नगरपालिका–११ जरङ्खु लामबगरमा ट्रिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएकव छ । 

बुधवार बा.५ ख ६४४९ नम्बरको ट्रिप्पर र बा. ८० प ७२९० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार रसुवा घर भएका हाल तारकेश्वर नगरपालिका–४ गुहेश्वरी बस्ने २७ वर्षीय आकाश तामाङको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार नुवाकोट घर भई हाल तारकेश्वर नगरपालिका–११ जरङखु बस्ने २८ वर्षीय राजकुमार तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुवै सवारी साधन र चालकहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्