१४ असार २०८३, आइतबार

सञ्चारमन्त्रीको दाबी : सरकारको ‘भजन गर’ कहिल्यै भनेको छैन, विधेयक फिर्ता हुँदैन

सञ्चारमन्त्रीको दाबी : सरकारको ‘भजन गर’ कहिल्यै भनेको छैन, विधेयक फिर्ता हुँदैन

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारको भजन गर्न भनेर आफूले पत्रकारलाई कहिल्यै नभनेको दाबी गरेका छन् ।

बिहीवार मन्त्रालयमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा आफूले पत्रकारहरूलाई सरकारको भजन गर्न कहिल्यै नसुझाएको बताए ।

विवादित ‘मिडिया काउन्सिल विधेयक’ देश र जनताको विपक्षमा नभएको भन्दै बास्कोटाले पत्रकारिता देश र जनताप्रति उत्तरदायी हुनुपर्ने बताए ।

‘सरकारको भजन गर भनेर मैले कहिल्यै भनेको छैन,’ बास्कोटाले भने, ‘पत्रकारिता देश र जनताप्रति उत्तरदायी हुनुपर्छ र अन्तर्राष्ट्रिय मान्यता अनुसार निर्देशित हुनुपर्छ ।’ 

प्रस्तावित विधेयकविरुद्ध अनावश्यक प्रचारबाजी भएको बास्कोटाको आरोप छ । ‘न्याय निरुपणको हकमा अन्तिम फैसला अदालतकै हुन्छ,’ बास्कोटाले भने, ‘सही सूचना सम्प्रेषण गर्नेहरू आफू दिग्भ्रमित किन हुने ?’

बास्कोटाले कुनै पनि हालतमा विधेयक फिर्ता नहुने बताए । ‘विधेयक फिर्ता हुँदैन, आफ्नै प्रक्रिया अनुसार अघि बढ्छ,’ उनले भने, ‘विधेयकले आशंका जन्माएको हदसम्म सहमत छौं । त्यसमा छलफल हुन्छ र आफ्नो प्रक्रियामा विधेयक जान्छ ।’

salt training

कमेन्ट गर्नुहोस्