२३ असार २०८३, मंगलबार

मोदीले बेलुका ६ बजे पार्टी मुख्यालयमा सम्बोधन गर्ने

मोदीले बेलुका ६ बजे पार्टी मुख्यालयमा सम्बोधन गर्ने

एजेन्सी- भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ । 

मतगणनाको पछिल्लो अपडेटलाई हेर्ने हो भने भारतमा भारतीय जनता पार्टी (भाजपा)को गठबन्धनले प्राय: स्थानमा कब्जा जमाएको छ । मतपरिणाम आउन बाँकी नै भएपनि मोदीको पार्टीले ३ सयभन्दा बढी सिट जित्ने लगभग पक्कापक्की छ । 

यससँगै भारतमा पुन: एकपटक नरेन्द्र मोदीको सरकार बन्नेछ । चुनावी रुझान जारी छ । कार्यकर्ता तथा भारतीयहरू अन्तिम मतपरिणामको प्रतिक्षामा छन् । 

बीजेपीका कार्यकर्ताले जितको खुशी मनाउन शुरू गरिसकेका छन् ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार नरेन्द्र मोदीले बेलुका ६ बजे पार्टी मुख्यालयमा सम्बोधन गर्ने बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्