
बुटबल–सफाइको काम गर्न होटेलमा राखेकी कपिलवस्तुकी १५ वर्षीया किशोरीलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरी सावर्जनिक गरेको छ ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिकास्थित राप्ती मेनु होटेल सञ्चालक २९ वर्षीय अनिल भन्ने टेकबहादुर कुँवर र उनकी श्रीमती मिनाकुमारी रहेको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ । उनीहरुलाई मानव बेचविखन ऐन र सङ्गठित अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।
ती नाबालिकालाई आफन्त ‘नेपाल’ नामक गैरसरकारी संस्थाको सहयोगमा उद्धार गरेको बताइएको छ । उनलाई आफन्त नेपालको संरक्षणमा राखिएको छ ।