काठमाडौं – मुक्तिनाथ विकास बैंक लि.को नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त भएका छन् ।
त्रिभुवन विश्व विद्यालयबाट एम.बी.ए गरेका बज्राचार्यले यस विकास बैंकमा नियुत्त हुनुअघि गण्डकी विकास बैंक लि.मा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।
उनको विभिन्न बैंक तथा वित्तीय संस्थामा करीब १८ वर्ष काम गरेको अनुभव छ ।
मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११४ वटा शाखा र २२ वटा एटीएममार्फत ६ लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरू उपलब्ध गराएको छ ।
हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आबद्ध गरी जीवन बरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।