१३ असार २०८३, शनिबार

एक दिवसीय क्रिकेट प्रतियोगिता सुरु, उपाधि विजेता टोलीले २० लाख पाउने

एक दिवसीय क्रिकेट प्रतियोगिता सुरु, उपाधि विजेता टोलीले २० लाख पाउने

काठमाडौं–प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ । ७ वटा प्रदेश र ३ विभागीय गरि १० टिमको सहभागीता रहेको प्रतियोगिताको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वर्माले उद्घाटन गरेका छन् । उद्घाटन खेलमा राजु रिजाल र विनोद भण्डारीको अर्धशतक तथा बलिङमा सहाब आलाम र सुशान भारीको उत्कृष्ट प्रदर्शन गरेपछि विभागीय क्लब त्रिभुवन आर्मीले विजयी शुरुआत गरेको छ । ब्याट्सम्यान र बलरहरु चम्किएपछि आर्मीले प्रदेश २ लाई फराकिलो अन्तरले गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा आर्मीका राजु रिजाल र  विनोद भण्डारीले पहिलो विकेटका लागि १२१ रनको बलियो सुरुआत गरेपछि आर्मीले प्रदेश २ लाई २७९ रनको लक्ष्य दिएको थियो । आर्मीले निर्धारित ५० ओभरमा २७८ रन बनाउँदा ९ विकेट गुमाएको थियो । आर्मीका लागि राजु रिजालले ९० रनको उत्कृष्ट पारि खेले । यसैगरी अर्का ओपनर विनोद भण्डारीले ६७ रन जोडेका थिए । प्रदेश २ का हरि शंकर शाहले ३ तथा रासिद खान, विशाल सुस्लिग, सांम्सद शेख र विवेक यादवले समान एक एक विकेट लिए ।

२ सय ७९ रनको लक्ष्य लिएर मैदान उत्रेको प्रदेश दुई ३१.४ ओभरमा सबै विकेट गुमाएर १ सय ७ रनमै रोकियो ।

प्रदेश दुईलाई सो स्कोरमा रोक्न आर्मीका सहाब आलमले ४ तथा सुशान भारीले ३ विकेट लिए । यस्तै जितेन्द्र मुखियाले २ तथा कुशल मल्लले एक विकेट बाँडे । ९ ओभर बलिङ गरेका सहाबले २९ रनमात्रै खर्चे । यस्तै ६.४ ओभर बलिङ गरेका सुशानले १ ओभर मेडन राख्दै २० रनमात्रै दिए ।

प्रदेश २ का लागि ओपनर हरिशंकर शाहले सर्वाधिक २१ रन जोडे । २८ बल खेलेका उनले ४ चौका प्रहार गरे । यस्तै सामसद शेख १६, सुधीर चौधरी १५ र राशिद खान १४ रनमा आउट भए ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजना र नेपालय इन्टरनेशनलको व्यवस्थापनमा शुक्रबारबाट शुरु भएको प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले उद्घाटन गरेका थिए ।

जेठ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिता कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने भनेपनि मुलपानी मैदान तयार नभएका कारण उद्घाटन खेल कीर्तिपुरमा आयोजना गरिएको हो ।

सहभागी टिमहरुलाई दुई समूहमा बाडिएको छ । समूह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् भने समूह बीमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश २ र प्रदेश १ छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । उपाधि विजेता टोलीले २० लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख हात पार्नेछ । यसैगरी उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल र उत्कृष्ट ब्याट्सम्यान तथा बलरले समान ५०–५० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताका दौरान खेलाडी हानेको छक्कालाई मैदानबाहिर एक हातले क्याच समाप्ने दर्शकले ५० हजार पाउँने व्यवस्थापक नेपालयका अध्यक्ष प्रधानले बताए । क्याचको प्रायोजकको रुपमा एक्सपर्ट रहेको छ ।  १ करोड ७५ लाख बजेट रहेको प्रतियोगिताको ८० लाख रुपैयाँ राखेपले उपलब्ध गराउँनेछ । त्यसबाहेकको रकम नेपालयले व्यवस्था गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्