१३ असार २०८३, शनिबार

साउनदेखि युरो ४ स्तरका  गाडी मात्रै आयात

जेठ १२, २०७६
साउनदेखि युरो ४ स्तरका  गाडी मात्रै आयात
फाइल तस्बिर

काठमाडौं-सरकारले १ साउनदेखि युरो ४ स्ट्यान्डर्डका गाडी मात्रै आयात गर्ने तयारी गरेको छ । युरो ३ स्ट्यान्डर्डका गाडीले अत्यधिक प्रदूषण भएपछि सवारी आयातमा यस्तो मापदण्ड लागू गर्न लागिएको हो । 

वन तथा वातावरण मन्त्रालयका सहसचिव यज्ञ दाहालको संयोजकत्वमा युरो ४ स्ट्यान्डर्ड गाडी आयातका विषयमा अध्ययन गर्न गठित कार्यदलले सरोकारवाला निकायसँग छलफल गरी प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।‘नयाँ पत्रिका दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्