![यस्तो छ प्रकाश सपुतको 'गलबन्दी' [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Galbandi01_BvJoQBaArA.jpg)
काठमाडौं- गायक प्रकाश सपुतले 'गलबन्दी' बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।
उनले शनिवार राति आफ्नै युट्युब च्यानलमार्फत नयाँ गीत सार्वजनिक गरेका हुन् ।
गीतलाई प्रकाश सपुत र शान्तिश्री परियारले गाएका छन् । लय तथा शब्द प्रकाश स्वयं कै रहेको छ ।
रत्यौली शैलीको गीतमा खर्क बुढा मगरले बजाएको मादलको मीठो धुन सुन्न सकिन्छ ।
श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतमा प्रकाश सपुत र अञ्जली अधिकारीको फिचरिङ रहेको छ ।
गीतलाई प्रकाश स्वयंले निर्देशन गरेका हुन् भने सहनिर्देशन देवेन्द्र बब्लुको छ ।
भिडियोलाई करन चैसिरले खिचेका हुन् ।
भिडियो हेर्नुहोस् :