३० असार २०८३, मंगलबार

गोडसेमाथिको बयानका लागि मोदीले साध्वी प्रज्ञालाई गरेनन् माफ, भेट्दा फर्काए मुख

गोडसेमाथिको बयानका लागि मोदीले साध्वी प्रज्ञालाई गरेनन् माफ, भेट्दा फर्काए मुख

काठमाडौं – संसद्को सेन्ट्रल हलमा शनिवार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) का नेता छानिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई उपस्थित सबै सांसदले बधाई दिए ।

तर भाजपाको टिकटमा निर्वाचित साध्वी प्रज्ञा सिंह ठाकुरलाई मोदीले पूरै बेवास्ता गरे । 

चुनाव सकिनुभन्दा ठीक अघि महात्मा गान्धीका हत्यारा नाथुराम गोडसेलाई राष्ट्रभक्त भनेर साध्वी प्रज्ञाले भाजपालाई अप्ठ्यारोमा पारेकी थिइन् । उनको बयानका कारण भाजपाले चौतर्फी आलोचना बेहोरेको थियो । 

त्यसपछि मोदीले साध्वी प्रज्ञाले माफी मागेको भए पनि मनबाट कहिले पनि माफ गर्न नसक्ने बताएका थिए । 

मालेगाँव विस्फोटकी आरोपित साध्वी प्रज्ञाले चुनाव प्रचारका बेलामा नाथुराम देशभक्त भएको बताएकी थिइन् । 

भाजपाको अनुशासन समितिले साध्वी प्रज्ञामाथि कारवाही गर्ने योजना बनाएको छ । यस्तो अवस्थामा मोदीले उनलाई बेवास्ता गर्नु महत्त्वपूर्ण छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्