३० असार २०८३, मंगलबार

अपडेट : विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी नेता घाइते अवस्थामा पक्राउ

अपडेट : विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी नेता घाइते अवस्थामा पक्राउ

काठमाडौँ -काठमाडौँको घट्टेकुलो बिष्फोटमा घाइते भएका नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका नेता रविन सिंह घाइते अवस्थामा पक्राउ परेका छन् ।

आइतवार अपरान्ह राजधानीको सुकेधारा र घट्टेकुलोमा भएको विष्फोटमा परेर ३ जनाको मृत्यु भइसकेको छ । घट्टेकुलो विष्फोटमा विप्लव समूहका विद्यार्थी नेता सिंह घाइते अवस्थामा पक्राउ परेको महानगरीय प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता विश्वराज पोखरेलले घटनास्थलमा विप्लव समूहको पर्चा फेला परेको भएपनि विप्लव समूहले नै बम विष्फोट गराएको हो या होइन भन्ने अझै टुंगो नलागेको बताए । उनले विप्लवतर्फ पनि अनुसन्धान केन्द्रित गरिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्