
काठमाडौँ -आइतवार राजधानीमा भएका दुईवटै विष्फोटमा विप्लव समूहको संलग्नता भएको पुष्टि भएको छ । एसएसपी उत्तमराज सुवेदीले दुवै घटनामा विप्लव समूहको संलग्नता रहेको बताएका हुन् ।
काठमाडौँको घट्टेकुलो बिष्फोटमा घाइते भएका नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका नेता रविन सिंह घाइते अवस्थामा पक्राउ परेका छन् ।
आइतवार अपरान्ह राजधानीको सुकेधारा र घट्टेकुलोमा भएको विष्फोटमा परेर ३ जनाको मृत्यु भइसकेको छ । घट्टेकुलो विष्फोटमा विप्लव समूहका विद्यार्थी नेता सिंह घाइते अवस्थामा पक्राउ परेको महानगरीय प्रहरीले जनाएको छ ।