
काठमाडौँ - आइतवार दिउँसो राजधानीको घट्टेकुलो र सुकेधारामा भएका सृंखलाबद्ध विष्फोटपछि नागढुंगामा पनि विष्फोट भएको छ ।
प्रहरी प्रवक्ता विश्वराज पौडेलले लोकान्तरलाई दिएको जानकारी अनुसार आइतवार साँझ नागढुंगामा भएको विष्फोटमा १ जना घाइते भएका छन् ।
त्यस्तै लगनखेल बसपार्क र ग्वार्कोको गुण सिनेमा हल नजिकै संकास्पद वस्तु फेला परेको पौडेलले पुष्टि गरेका छन् ।