![राजधानीमा 'विप्लव' समूहको नेपाल बन्दको प्रभाव [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Banda_Cover_xzTkeEdTRf.jpg)
काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' समूहको बन्दका कारण राजधानी लगायत देशभरको जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण सडकमा कमै मात्रामा सवारी साधनहरू चलेका छन् ।
आइतवार दिउँसो राजधानीको घट्टेकुलो र सुकेधारामा बम विस्फोटमा परी चार जनाले ज्यान गुमाए । उक्त घटना विप्लव समूहले गराएको प्रहरीले जनाएको छ ।
सोमवार राजधानी तथा देशका विभिन्न स्थानमा बमहरू भेटिएको छ । जसकारण मानिसहरू त्रसित बनेका छन् ।
राजधानीमा बन्दको प्रभाव परेको देखिन्छ । शैक्षिक संस्था, पसलहरू आंशिक रूपमा खुलेका छन् ।
राजधानीका चोक तथा सडकहरूमा प्रहरी परिचालन गरिएको छ ।










