
एजेन्सी- पाकिस्तानले हालसम्म विश्वकपमा भारतलाई हराउन सकेको छैन । तर पाकिस्तानी पूर्वटेस्ट कप्तान इंजमाम उल हकले भारतलाई हराएर विश्वकपमा पहिलो जीत दर्ता गर्ने दाबी गरेका छन् ।
पाकिस्तानका मुख्य चयनकर्ता उल हकले आफ्नो देशले भारतसँग ६ हारको क्रम तोड्ने विश्वास गरेका छन् ।
इंजमामले भने, 'मानिसहरूले भारत-पाकिस्तानबीचको खेललाई निकै गम्भीरताका साथ लिने गरेका छन् । यदि हामीले विश्वकपमा भारतलाई हराएमा हामी निकै खुशी हुनेछौं ।'
उनले थपे, 'मलाई आशा छ कि हामी विश्वकपमा भारतसँगको हारको श्रृंखला तोड्न सफल रहनेछौं ।'
उनले पाकिस्तानसँग भारतलाई मात्रै नभई अन्य टीमलाई पनि पराजित गर्न सक्ने क्षमता भएको उल्लेख गरे ।
पाकिस्तानले लगातार १० खेल गुमाएर पनि विश्वकप खेल्दैछ ।
पाकिस्तानले अभ्यास खेलमा अफगानिस्तानसँग हार बेहोरेको थियो ।