
काठमाडौं- सोमवार सुनको भाउ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुन तोलाको ५९ हजार ३ सयमा किनबेच भइरहेको छ ।
आज चाँदीको भाउमा कुनै परिवर्तन आएको छैन । महासंघका अनुसार चाँदी आज ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।