०६ असार २०८३, शनिबार

सुन तस्करीमा तारेखमा छुटेका अधिकारीलाई सूचना संकलन गर्ने जिम्मा

जेठ १४, २०७६
सुन तस्करीमा तारेखमा छुटेका अधिकारीलाई सूचना संकलन गर्ने जिम्मा

१० वर्षे द्वन्द्वको समयमा नेपाल प्रहरीको विशेष ब्युरो (प्रतिआतंकवाद सेल) शक्तिशाली थियो । ‘अन्डरकभर अपरेसन’ गर्ने ब्युरोका प्रहरीलाई अन्य प्रहरीले समेत चिन्दैन थिए । 

कतिपय प्रहरी माओवादीको संगठनभित्रै घुसेर सूचना संकलन गर्थे । यो ब्युरोका प्रहरीलाई तालिममा अमेरिका र युरोप पठाइन्थ्यो । अहिले पनि राज्यविरुद्ध हुने अपराध,  विद्रोह र आतंकवादसँग सम्बन्धित घटनाको सूचना संकलन गर्ने जिम्मा ब्युरोकै छ । तर, ब्युरो निष्क्रियजस्तै छ । कतिसम्म भने गत १० फागुनमा भएको नख्खु विस्फोटमा संलग्नलाई समेत स्थानीय प्रहरीले पक्राउ गरेको थियो । पछिल्लो समय विशेष ब्युरोको नेतृत्वमा कुनै महत्वपूर्ण अनुसन्धान हुन सकेको छैन । प्रहरी नेतृत्व नै ब्युरोलाई सशक्त बनाउने पक्षमा देखिँदैन । ३३ किलो सुन काण्डमा जेलबाट छुटेका एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी र सइ बालकृष्ण सञ्जेललाई ब्युरोमा खटाइएको छ । उनीहरूलाई निश्चित जिम्मेवारी दिइएको छैन । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्