२८ जेठ २०८३, बिहीबार

जापानमा आक्रमणकारीले जथाभावी चक्कु प्रहार गर्दा ३ जनाको मृत्यु, १६ घाइते

जापानमा आक्रमणकारीले जथाभावी चक्कु प्रहार गर्दा ३ जनाको मृत्यु, १६ घाइते

काठमाडौं – जापानको कावासाकीमा एक व्यक्तिले विद्यालयमा जथाभावी चक्कु प्रहार गर्दा तीनजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । 

मारिनेमा एक बालिका विद्यार्थी र ३० वर्षका एक पुरुष छन् । आक्रमणकारीले १५ जना बालिकामाथि आक्रमण गरेपछि आफैंलाई छुरी धसेर आत्महत्या गरेको प्रहरीले बतायो । 

प्रहरी अनुसन्धानकर्ताहरूले आक्रमणकारीलाई पक्राउ गरेका थिए । तर उक्त व्यक्तिले आफूलाई घाँटीमा चोट लगाएपछि उसको मृत्यु भएको बताए ।

कानागावा प्रहरी अधिकारीहरूले धेरैजसो पीडितहरू नोबोरितो स्टेसननजिक तामा वार्डमा रहेको स्कूल बस स्टपमा गाडी कुरिरहेका थिए । उनीहरू कारितास इलेमेन्टरी स्कूलमा अध्ययनरत थिए । 

आक्रमणकारीले दुवै हातमा चक्कु बोकेर बालिकाहरूमाथि आक्रमण गरेको थियो । अधिकारीहरूले दुवै चक्कु घटनास्थलबाट बरामद गरेका छन् ।

‘मैले बिहान फायर इन्जिनहरू आएको आवाज सुनें र एकजना मानिस भुइँमा रगतपच्छे भएर लडिरहेको देखें,’ त्यतै नजिक बसेका एक व्यक्तिले बताए । ‘विद्यालयका बालबालिकाहरू स्कूल बस स्टपनेर भुइँमा लडिरहेको मैले देखें । स्कूल ब्यागहरू चारैतिर छरिएका थिए । अर्का एक व्यक्ति स्टपनेर भुइँमा रगत चुहाउँदै लडिरहेका थिए,’ उनले भने । 

कारितास विद्यालयका अधिकारीहरूले पीडितहरू सबै त्यही विद्यालयका विद्यार्थी हुन् कि हैनन् भनी पुष्टि गरेनन् र थप सूचना संकलन गरिरहेको जानकारी दिए । 

जापान टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्