
काठमाडौं – व्यापारयुद्ध चर्काउनु ठाडो आर्थिक आतंकवाद भएको एक वरिष्ठ चिनियाँ कूटनीतिज्ञले बिहीवार बताएका छन् । अमेरिकासँग चीनको व्यापारयुद्ध भइरहँदा चीनका तर्फबाट कडा बयान आएको हो ।
यो महिनामा वाशिङटन र बेइजिङबीचको व्यापारयुद्ध चर्केको छ । आफ्नो आर्थिक व्यवहारमा संरचनागत परिवर्तन ल्याउने अघिल्ला प्रतिबद्धताहरू चीनले पूरा नगरेको आरोप ट्रम्प प्रशासनले लगाएको छ ।
वाशिङटनले पछि २०० अर्ब डलर बराबरका चिनियाँ सामानमा थप आयातकर लगाएको थियो अनि बेइजिङले प्रतिकार गरेको थियो ।
बेइजिङमा पत्रकारहरूसँग कुरा गर्दै चिनियाँ उपपरराष्ट्रमन्त्री झाङ हानहुईले चीन व्यापार प्रतिबन्ध, आयातकर तथा प्रोटेक्सनिजम जस्ता दण्डात्मक व्यवस्थाको विरुद्ध रहेको बताए ।
एजेन्सी