२९ जेठ २०८३, शुक्रबार

यी हुन् मोदी सरकारका २४ मन्त्रीः एस जयशंकरदेखि स्मृति ईरानीसम्म

यी हुन् मोदी सरकारका २४ मन्त्रीः एस जयशंकरदेखि स्मृति ईरानीसम्म

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको लागि पद तथा गोपनियताको सपथ लिएका छन् ।

उनले दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमार्फत राष्ट्रपति रामनाथ कोभिन्दबाट इश्वरको नाममा सपथ लिएका हुन् । 

मोदीले सपथ लिएसँगै राष्ट्रपतिले अरु २४ मन्त्रीलाई पनि पद तथा गोपनियताको सपथ दिलाएका छन् । 

मोदी सरकारको २४ सारथीमा राजनाथ सिंह, अमित शाह,  नितिन गडकरी, डीवी सदानंद गौडा, निर्मला सीतारमण, रामविलास पासवान, नरेंद्र सिंह तोमर, रविशंकर प्रसाद, हरसिमरत कौर बादल, थावरचन्द गहलोत रहेका छन् । 

यसैगरी नेपाल मामिलाका जानकार भारतीय पूर्व विदेश सचिव एस जयशंकर पनि मन्त्री बनेका छन् । 

यस्तै रमेश पोखरियाल निशंक, र्जुन मुंडा, स्मृति ईरानी  हर्षवर्धन, प्रकाश जावड़ेकर, पीयूष गोयल, धर्मेंद्र प्रधान, मुख्तार अब्बास नकवी, प्रहलाद जोशी , महेंद्रनाथ पांडेय, अरविंद सावंत, गिरिराज सिंह र गजेन्द्र सिंह शेखावतपनि मन्त्री बनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्