२५ जेठ २०८३, सोमबार

राहुल गान्धीले राजीनामा फिर्ता लिन अस्वीकार गरे

जेठ १६, २०७६
राहुल गान्धीले राजीनामा फिर्ता लिन अस्वीकार गरे

काँग्रेस कार्यसमिति (सीडब्लूसी) ले राहुल गान्धीको राजीनामा प्रस्ताव अस्वीकार गरेपनि राहुलले आफ्नो राजीनामा प्रस्ताव फिर्ता लिन नमानेको खबर छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार राहुलले अरु अब नयाँ आउने अध्यक्षलाई आफू पूर्णरुपमा सहयोग गर्न तयार रहेको बताएका छन् । 

असमका पूर्व मुख्यमन्त्री तथा वरिष्ठ काँग्रेस नेता तरुण गोगोईले राहुलले नयाँ पार्टी अध्यक्षलाई मद्यत गर्न आफू तयार रहेको बताएको जनाए । 

उनका अनुसार अध्यक्ष नहुँदा पनि राहल भाजपा तथा नरेन्द्र मोदीको विरुद्ध आफ्नो अभियान जारी राख्नेछन् । 

लोकसभा निर्वाचनमा काँग्रेस पराजित भएपछि राहुलले राजीनामा दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्