
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका समकक्षी केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् ।
बिहीबार अबेर दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित सपथग्रहण समारोह सकिएपछि ओलीले मोदीलाई बधाई दिएका हुन् ।
उनले मोदीसँग हात मिलाउँदै बधाई तथा कार्यसफलताको शुभकामना दिएका थिए ।
ओली आजै मोदीको सपथग्रहणमा सहभागी हुन दिल्ली प्रस्थान गरेका थिए । दिल्लीमा रहँदा ओलीले मोदीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रमम रहेको छ । भेटवार्ता सकेर ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
याे पनि पढ्नुहाेस्
नेपालमाथि नाकाबन्दीका 'डिजाइनर' जयशंकर बने केन्द्रीय मन्त्री |
सवा २ घण्टा सपथ ग्रहणः मोदी क्याबिनेट बन्यो ५७ सदस्सीय |
राहुल गान्धीलाई हराएर सांसद बनेकी स्मृति ईरानी बनिन् मन्त्री |
छोराले प्रधामन्त्रीको सपथ लिएको टिभीमा हेरिन् मोदीकी आमाले |