
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा हरेक क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको छ । समारोहमा बलिउडका चर्चित हस्तीको पनि उल्लेख्य सहभागिता रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
समाचारअनुसार सपथ ग्रहण समारोहमा चर्चित बलिउड अभिनेता शाहरुख खानदेखि अभिनेत्री कंगना रनौतसम्मको रहभागिता रहेको छ ।
यस्तै अभिनेता मक्कल निधि, विवेक ओबोराय, रजनीकान्त, निर्माता करण जौहर, निर्देशक सञ्जल लीला भंसाली, अभिनेत्री हेमा मालिनी, मिमी चक्रवर्तीलगायतको सहभागिता रहेको बताइएको छ । सपथ समारोहमा सबै क्षेत्रका गरी ८ हजार पाहुनाको सहभागिता छ ।