
बाँकेमा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका- १ बस्ने २३ वर्षीय विधान विश्वकर्मा छन् । उनलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विधानले ती महिलालाई नेपालगञ्ज उपमहानगरपालिका- ४ स्थित होटलमा बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।