
काठमाडौं- चर्चित माेबाइल एप्स हाम्रो पात्रोले क्रिकेटको महाकुम्भ "विश्वकप क्रिकेट २०१९" को Ball by Ball अपडेट तथा Predict & Win सहितको नयाँ अपडेट सार्वजनिक गरेको छ । प्ले स्टोरमा गएर नयाँ अपडेट प्राप्त गर्न सकिने हाम्राे पात्राेका प्रवन्ध निर्देशक सन्ताेष कुमार देवकाेटाले जानकारी दिए ।
यसअघि हाम्राे पात्राेले निर्वाचन तथा विश्वकप फुटबलको LIVE अपडेट ल्याउँदा निकै लाेकप्रिय भएकाे थियाे ।
विश्वकप फुटबल सन् २०१४ तथा २०१८ पछि क्रिकेटको कुनैपनि संस्करणमा यो आफूहरुकाे पहिलो प्रयास रहेकाे देवकाेटाले बताए ।
यसअघिको विश्वकप फुटबलमा दिएको तिब्र अपडेटलाई पाठकले निक्कै रुचाए पछि "हाम्रो पात्रो"को टिम विश्वकप क्रिकेटको लागि हौशिएको हो ।
४ वर्षको अन्तराल पश्चात् विश्वकप क्रिकेट प्रतियोगिता शुरु भएसँगै, भरपुर मनोरञ्जनले भरिएको यस खेलको हरेक उतार चढावको अपडेट अब हाम्रो पात्रोमा पाउन सकिने छ। यसका लागि तपाईंको Android फोन अटो अपडेटमा छ भने अपडेट भईसकेको हुनेछ भने यदी कारण बस छैन भने Play Store बाट डाउनलोड गर्न सकिनेछ ।
हाम्रो पात्रोमा “IME Pay Hamro Cricket" खोल्ना साथ क्रिकेट Subscribe तथा Login गरेर Ball by Ball अपडेट तथा दैनिक हुने हरेक खेलहरुबारे जानकारीका लागि हाम्रो पात्रोको यो नयाँ विशेषतासहितको “IME Pay Hamro Cricket" हेर्न सकिनेछ भने ति हरेक खेल शुरु हुनु अघिसम्म सजिलै "Predict & Win” प्रतियोगितामा सहभागी भएर उक्त खेल जित्ने टोलीको सही अनुमान गरी IME Pay App मा Top-Up पुरस्कार प्राप्त गर्न सकिनेछ ।
हरेक बलको अपडेट हेर्न सकिने सुविधा सँगसँगै "प्रेडिक एण्ड विन" अर्थात हरेक खेलमा विजेता सही अनुमान गरेर दैनिक ३५ जना भाग्यशाली बिजेताले बिभिन्न आकर्षक पुरस्कार प्राप्त गर्न सक्नेछन् । जस अन्तर्गत दैनिक पहिलो पुरस्कार स्वरुप एक जनालाई "IME Pay” एप्लिकेसनमा रु १०००, दोश्रो विजेतालाई रु ५०० र तेश्रो हुने ३० जना विजेताहरुलाई रु १०० रुपैया टप अप पुरस्कार प्रदान गरिनेछ भने विश्वकप क्रिकेटको फाईनल खेलमा विजयी हुने देशको सही अनुमान गर्नेहरुमध्ये एकजनाले रु १ लाख (कर सहित) नगद प्राप्त गर्नेछन् ।
पुरस्कारका लागि प्रतियोगीहरुले आफ्नो iOS तथा Android फोनमा IME Pay डाउनलोड हुनुपर्नेछ अर्थात् पुरस्कारका लागि तपाईं IME Pay एप्लिकेशनको प्रयोगकर्ता हुनुपर्नेछ ।
भाग्यशाली बिजयीहरुको नाम तस्बिरसहित हाम्रो पात्रोमा सार्वजनिक गरिनेछ भने पुरस्कार रकम IME Pay को प्रयोगकर्ता आईडि उपलब्ध गराएपश्चात् ७ दिनभित्र तपाईंको एप्लिकेशनमा IME Pay ले उपलब्ध गराउने देवकोटाले जानकारी दिए ।