०४ असार २०८३, बिहीबार

आजदेखि काठमाडौं–रुम्जाटार–विराटनगर उडान

आजदेखि काठमाडौं–रुम्जाटार–विराटनगर उडान

ओखलढुंगा – काठमाडौं–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ ।

शुक्रबारदेखि हरेक साता संघीय राजधानी काठमाडौंबाट ओखलढुंगाको रुम्जाटार हुँदै प्रदेश नम्बर १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरू हुने भएको हो ।

करीब ३ वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरू गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले बताए ।

रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उनको भनाइ छ । 

यसअघि गत असोजमा तयारी गरिएपनि यात्रु अभावका कारण रुम्जाटारमा उडान शुरू हुनसकेको थिएन । नेपाल वायुसेवा निगमको विमानले हरेक शुक्रबार रुम्जाटारमा उठान भर्ने तयारी गरिरहेको निगमका क्षेत्रीय प्रबन्धक नारायण पुरीले बताए । अहिले सातामा १ दिन सेवा दिने र यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर थप अरु दिन पनि उडान भर्ने योजना रहेको प्रबन्धक पुरीको भनाइ छ ।

उनका अनुसार हरेक शुक्रबार काठमाडौं–रुम्जाटार–विराटनगर र विराटनगर–रुम्जाटार–काठमाडौं उडान भर्ने निगमको तयारी छ । 

रुम्जाटारमा नियमित उडान हुने भएपछि जिल्लावासी खुशी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्