२९ जेठ २०८३, शुक्रबार

प्रदेशमा भेटिए १ सय ८५ औलो रोगी

प्रदेशमा भेटिए १ सय ८५ औलो रोगी

धम्बोझी – ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयअन्र्तगत स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो (मलेरिया) रोगसम्बन्धी अन्तर्क्रियामा १ सय ८५ औलो रोगी भेटिएको तथ्यांक सार्वजनिक गरेको छ ।

तथ्यांकअनुसार कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व ७–७ र पाल्पामा २ गरी १ सय ८५ औलो रोगी रहेका छन् ।

सरकारले सन् २०२५ सम्म देशलाई औलो रोगबाट मुक्त गर्ने अभियान चलाएको छ । ‘आफैंबाट शुरू गरौं, औलोलाई शून्यमा पुर्‍याऔं’ भन्ने मूल नाराका साथ औलो नियन्त्रणका लागि सरकारले चलाएको अभियानकै दौरानमा बाँकेमा औलो रोगीको उच्च जोखिममा रहेको तथ्य बाहिरिएको हो ।

निर्देशनालयका निर्देशक दिनेशकुमार चापागाईंद्वारा प्रस्तुत तथ्यांकमा प्रदेश नम्बर ५ को बाँकेमा ५२ औलो रोगी रहेका छन् । औलो रोग नियन्त्रणका लागि सरकारले चलाएको अभियानले औलो रोगीका संख्या घटे पनि बाँके प्रदेशकै उच्च जोखिममा रहेको हो । सार्वजनिक तथ्यांकका आधारमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३ औलोको उच्च जोखिममा रहेको पाइएको छ । 

औलो रोग लामखुट्टेबाट लाग्ने भएकाले घर वरिपरि सफा राखी वातावरण नै स्वच्छ बनाउनुपर्ने, खाल्डाखुल्डी पुर्ने, औषधि छर्कने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नेजस्ता विषयमा नागरिक संवेदनशील हुनुपर्ने निर्देशक चापागाईंले बताए ।

salt training

कमेन्ट गर्नुहोस्