२५ असार २०८३, बिहीबार

भरतपुर अस्पतालमा होहल्ला गरेको भन्दै ६ जना पक्राउ

भरतपुर अस्पतालमा होहल्ला गरेको भन्दै ६ जना पक्राउ

चितवन – भरतपुर अस्पतालमा उपचारका क्रममा बालकको मृत्युपछि होहल्ला गरेको भन्दै ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मृत्यु हुनेमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–५ बस्ने प्रकाश बस्नेतका १४ महिनाका छोरा रहेका छन् ।

निमोनियका कारण उपचारका लागि जेठ १४ गते भरतपुर अस्पताल ल्याइएका बालकको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको थियो ।

बालकले आमाको दूध खाने समयमा दूध सर्किएर मृत्यु भएको अस्पतालले जनाएको छ । बालकको मृत्युपछि बालकका आफन्त र सर्वसाधारण चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित बनेका थिए ।

आक्रोशित भीडलाई नियन्त्रणमा लिने क्रममा बिहीवार साँझ प्रहरीले सामाजिक अभियन्ता अर्जुन भुसालसहित ६ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्